
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वा अलगथलग भएको छ । सबैको ध्यान कोरोनालाई कसरी पराजित गर्ने भन्नेमा छ । चीन र रुस लगायतका देशहरु खोप निर्माणमा जुटेका छन् । तर, अमेरिका भने सैन्य अभ्यास गरिरहेको छ ।
अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यासमा छ । युद्धको लागि उत्तर कोरियालाई यु.द्धको लागि उत्तेजित गर्न अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यासहरू सुरु गरेका छन् । आधुनिक हतियार प्रदर्शनसँगै यु.द्ध कलासहित अमेरिकी र दक्षिण कोरियाली सेनाले अभ्यास गरेपछि उत्तर कोरिया आक्रोसित भएको छ ।
यसैबीच उत्तरकोरियाका सर्वोच्च नेता किमजोङ उनले पार्टीको विशेष अधिवेशन बोलाएका छन् । पार्टीका पूर्ण केन्द्रीय समिति बैठकमा बोल्दै उनले अधिवेशनको आह्वान गरेको कोरियाली संचारमाध्यमले बताएको छ ।
बुधवार बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्दै उनले कोरियाली क्रान्तिलाई विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने र पार्टीको यु.द्ध कुशलतालाई बढाएर बाह्य शक्तिको चुनौतीको गतिलो जवाफ दिन अधिवेशन आवश्यक भएको बताए । उनले अमेरिकाले निहु खोजेको बताउँदै त्यसको मूल्य चर्को हुने बताए ।
आफ्ना देशका नागरिकलाई कोरोनाबाट बचाउन नसक्ने र नचाहने तर कोरियामा यु.द्ध भड्काउने चाहेको भन्दै किमजोङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए । बैठकमा उनले अमेरिकी सरकार नागरिकको जीवनप्रति गैरजिम्मेवार रहेको बताउँदै आफ्नो देशका नागरिकलाई कोरोनाबाट सुरक्षित राख्ने प्रतिवद्धता समेत ब्यक्त गरेको थिए ।
केन्द्रीय समिति बैठकले किमजोङ आफ्नो देशमा कोरोनामुक्त रहेको जानकारी समेत गराएका थिए । उत्तर कोरियाका सरकारी संचारमाध्यमहरुका अनुसार उनले देश कोरोना भाइरस शून्य रहेको जानकारी गराउँदै यदि संक्रमण देखिएपनि सबै तयारी गरिएको बताए ।
कोरोना भाइरस संक्रमणले विश्व लकडाउन र निषेधाज्ञामा रहेको बेला पनि उत्तर कोरियामा अहिलेसम्म कोरोनामुक्त नै रहेको छ । कोरोना संक्रमणबीच उत्तर कोरियाले ठूलठूला भेला तथा बैठक गर्दै आएको छ ।
सैन्य अभ्यास सुरुभएपछि बोलाइएको केन्द्रीय समिति बैठकले कोरोनाका कारण राष्ट्रिय अर्थतन्त्रमा खासै प्रभाव नपारेको र जनताको जीवनशैलीमा केही फरक आएपनि दैनिकीमा कुनै समस्या नभएको निष्कर्ष समेत निकालेको छ ।
अमेरिकाको सुरक्षासँग सम्बन्धित एक अध्ययनले उत्तर कोरियालाई आणविक हतियार सम्पन्न देशको रुपमा देखाएको छ । उत्तरसँग अमेरिकासम्म मार हान्न सक्ने आणविक क्षमता रहेको अध्ययनले देखाएको छ ।
उत्तर कोरियाले पनि आफू आणविक हतियार सम्पन्न देश भएको घोषणा गरिसकेको छ । उसले चाहेको बेला अमेरिकाका अधिकांश क्षेत्रमा मा हान्न सक्ने क्षमता आफूसँग भएको बताउँदै आएको छ ।