आज :

पाटन अस्पतालमा कोरोनाबाट थप २ जनाको निधन, निषेधाज्ञा थप कडा पारियाे

काठमान्डौं । आज बिहान पाटन अस्पतालमा कोरोनाबाट थप २ जनाको निधन भएको छ । उनिहरु दोलखा र सर्लाही निवासी भएको जिल्ला काभिड १९ सकंट ब्यबस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

त्यस्तै ब्यबस्थापन केन्द्र ललितपुरका अनुसार दोलखाका ३० बर्षिय महिलाको उपचारको क्रममा ललितपुरस्थित पत्न अस्पतालमा बिहान (शुक्रबार ) निधन भएको छ । ति महिलालाई भदौ २ गते देखि पाटन अस्पतालमा उपचारत रहेको थिईन् ।
त्यसैगरी पाटन अस्पतालमा नै उपचारत सर्लाहीको मलंगवा निवासी ४६ बर्षिय पुरुषको पनि आजै निधन भएको छ । उनी श्रावण ३१ गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए ।

यसैबिच आजै कोरोना पोजिटिभ ‘होम आइसोलेसन’मै राखिएका ४५ वर्षीय कामत थरका पुरुषको विराटनगर महानगरपालिका–६ सरोचियामा अस्पताल बिहीबार राति ज्यान गएको छ । विराटनगर महानगरपालिका–६ सरोचियामा अस्पताल नलग्दा ‘होम आइसोलेसन’मै उनको ज्यान गएको हो ।
उनको ‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो’ । ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको परिवार स्रोतले बताएको छ ।

हिजाेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले एक हप्तासम्म निषेधाज्ञ जारी गरेका हुन् । अत्यावश्यकीय कामबाहेक हिडडुल गर्न समेत निषेध गरिएकाे छ ।

निषेधाज्ञाको अवधिमा एम्बुलेन्स÷शव वाहन÷दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृ.त्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन मात्र निषेधाज्ञामा सञ्चालन गर्न भएका छन् ।

त्यसैगरी खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन। त्यस्तै, बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापनसँग सम्बन्धित सेवा पनि संचालन छन्।

त्यस्तै कोरोनाको क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितको परिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाए संचालन गर्न दिएको छ ।

निषेधाज्ञा जारी भएसँगै आज पनि विहानैबाट काठमाडौँका सडक सुनसान भएका छन् । विहान मानिसहरु मोर्निङमा पनि निकै कम निस्केका छन् । काम विना सडकमा निसक्का केही व्यक्तिहरुलाई प्रहरीले फिर्ता पठाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal