आज :

अस्पतालमा बेडको अभावमा ‘होम आइसोलेसन’मै १ जना कोरोना सक्रमितको ज्यान गयो

काठमान्डौं । नेपालमा तिब्र गतिमा फैलिरहेको कोरोनाका कारणा अस्पतालमा बेडको अभाव हुन थालेपछि होम आइसोलेसनमा उपचार गराउनु पर्ने बाध्यता छ । यसैबिच कोरोना पोजिटिभ ‘होम आइसोलेसन’मै राखिएका ४५ वर्षीय कामत थरका पुरुषको बिहीबार राति ज्यान गएको छ ।

अहिले मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ । विराटनगर महानगरपालिका–६ सरोचियामा अस्पताल नलग्दा ‘होम आइसोलेसन’मै उनको ज्यान गएको हो । उनको ‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो’ । ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको परिवार स्रोतले बताएको छ ।

त्यस्तै पछिल्लो समय बिराटनगरमा अस्पतालले भर्ना लिन नमान्दा ३ जनाको ज्यान गइसकेको छ , भने कोरोना कारण ९ जना पुरुषले ज्यान गुमाइसकेका छन् । कोभिड अस्पतालले आइसोलेसन बेड नभएको भनेर बिरामी अस्वीकार गर्दा संक्रमितले उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको भन्दै स्थानिय आक्रोसित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal