आज :

प्रकोप न्युनिकरणमा सरकारी उदासिनताले ठूलो क्षति भएको छः अनेरास्ववियूका संयोजक महर

काठमाडौं । सत्तासिन (नेकपा) निकट अनेरास्ववियूले प्राकृतिक विपत्ति नियन्त्रणमा सरकारी उदासिनताले ठूलो जनधनको ठूलो क्षति भएको बताएको छ । बिहिबार सो संगठनका संयोजक ऐन महरले एक प्रेस विज्ञप्ति जारी गर्दै मृ’त्यु भएका परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिन सरकारसँग मागसमेत गरेको छन् ।

विगत केहि दिनदेखि देशभर परिरहेको अविरल वर्षाको कारण जनधनको ठूलो मात्रामा क्षति भएकोप्रति आफ्नो संगठनलाई स्तब्द बनाएको उल्लेख गरिएको छ । हरेक वर्ष जस्तो बढी,पहिरो जस्ता विपतले समस्या झेल्दै आएका जनताले सम्भावित ठाउँमा हुनसक्ने प्राकृतिक प्रकोपबारे अवगत गराउँदा गराउँदै पनि सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै विज्ञप्तिमा उल्लेख छ, “प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासिनताका कारण पनि दिनप्रतिदिन ठूलो मात्रामा क्षति हुँदैछ ।”

यथासक्य पीडित परिवारहलाई राहत दिनुपर्नेमा जोड दिदै उल्लखे छ,“बाढी, पहिरो र डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियु सरकार समक्ष माग गर्दछ ।” विज्ञप्तिमा त्यसका साथै बेपत्ता भएकाहरुको तीव्र खोजी गर्न, घाइतेको उपचार र विस्थापितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरिएको छ ।तत्काल जीवन रक्षाको लागि उद्दार र राहत वितरणको कार्यमा समेत भएको ढिलाई जस्ता घटनाहरुका कारण सिंगो अनेरास्ववियू स्तब्ध भएको महरको भनाइ छ ।

सिन्धुपाल्चाकको बाह्विसे नगरपालिका, जुगल गाउँपालिका, बाजुराको बुढिनन्दा नगरपालिका, अछामको रामारोशन गाउँपालिका, बझाङको बुंगल नगरपालिका, केदारसियुँ गाउँपालिका लगायतका स्थानमा गएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षति बेहोर्नुपरेको महरले बताए ।
साथै बर्सेनि हुने तराईको डुवानको दिर्घकालिन समाधान खोज्नु जरुरी रहेको उनको भनाइ छ । अनेरास्ववियूका अनुसार यो बर्ष मात्रै बाढीरपहिरो र डुवानका कारण ३०० जना भन्दा बढीको मृत्यू भैसकेको छ भने सयौंको संख्यामा घाइते र बेपत्ता भएका छन् । हजारौं मानिसहरु घरबार बिहीन भएको र ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ ।

यस्ता प्रकोपहरुमा सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै क्रियाशील रहन देशभर रहेका अनेरास्ववियूका सम्बन्धित स्थानका सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकहरुमा संयोजक महरको आह्वान विज्ञप्तिमार्फत आह्वान गरेका छन् । बाढी र पहिरोका घटना ब्यहोर्नुपरेको अवस्थामा अनेरास्ववियू विगत देखि नै राहत र उद्दारमा निरन्तर क्रियाशील रहँदै आएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal