
काठमान्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार (आज) नेपालमा कोरोनाभाइरस बाट थप ६ जनाको ज्यान गएको छ । त्यस्तै कारोना सक्रमणका भएको ६८१ थपिएको मन्त्रालयले जनाएको छ ।
आजको सक्रमित सहित नपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२० पुगेको छ भने कुल सङ्क्रमितहरूको सङ्ख्या २८,९३८ पुगेको छ।
त्यस्तै आज ललितपुरका १७ र भक्तपुरका आठ गरी काठमाण्डौं उपत्यकामा १५९ जना सङ्क्रमित थपिएका छन्।
सङ्क्रमितहरूमध्ये ७,९८७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ ।
अहिले देशभरि ११,११८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी आजको आयोजित नियमित प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।
विगत २४ घण्टामा ११,५२२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।आज १२० जना भाइरसमुक्त भई घर फर्केका छन् । हाल सम्म १७,७०० सङ्क्रमित निको भएका छन्। हाल सम्म देशभरि क्वारन्टीनमा १३,५७१ जना छन्।
कोरोना भाइरस बढेसँगै सरकारले काठमाडौं उपत्यकामा देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको बैठक सो निर्णय गरेको हो ।
तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकल राति १२ बजेबाट लागु हुनेगरी एक सातासम्म निषेधाज्ञा लागु हुनेछ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय संचालन गर्न नपाइने निर्णय पनि भएको छ ।
बैठकमा सहभाथी महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालन हुनेछन् ।
त्यसैगरी निषेधाज्ञा अवधिभर सर्वसाधारणले हिडडुल गर्न समेत नपाएने भएको छ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।