
काठमाडौं । नेपालमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो दिनमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको काठमाडौँ उपत्यकामा बुधबार थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वा गौतमले दिएको जानकारीअनुसा काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधाबरसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १ सय २० जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या १७ हजार ७०० पुगेको छ ।
त्यसैगरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । बुधबार थप ६ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।