आज :

अछामको रामारोशनमा बाढीः आपूर्तीमन्त्री लेखराज भट्टले गरे उद्दार-राहतमा विशेष पहल

काठमाडौै । उद्योग तथा आपूर्तीमन्त्री लेखराज भट्टले अछामको रामारोशन गाउँपालिका-५ मा बाढी पीडितको उद्दारको लागि विशेष पहल गरेका छन् । बुधबार विहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर हेलिकोप्टरसहित उद्दार सामाग्री पठाउन आग्रह गरेका थिए ।

मन्त्री भट्टले बाढी पीडितलाई राहत र पुनःस्थापना गर्न आवश्यक भएको भन्दै त्यसको लागि चाँडो पहल गर्न गृहमन्त्री बादलसँग आग्रह समेत गरेका थिए । त्यसैगरी मन्त्री भट्टले चाँडो उद्दार र राहत तथा पुर्नस्थापनाको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आग्रह गरेका छन् ।

भेटमा सहभागी (नेकपा) का युवा नेता डिबी साउदका अनुसार गृहमन्त्री बादलले उक्त घटनालाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै तत्लका हेलिकोप्टरसहित आवश्यक राहत र उद्दारको लागि निर्देशन दिइसकेको जानकारी गराउँदै आवश्यक परे थप गर्ने बताए । प्रभावित क्षेत्रका स्थानीय नेता साउदले मौसमले साथ दिए भोलि गृहमन्त्री बादल र आपूर्तीमन्त्री भट्टले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने जानकारी पनि दिए ।

अविरल वर्षासँगै गएराति कैलाश खोला मानव बस्तीमा पस्दा सैनी बजारका करिब २२ घर बगाएको थियो । बाढीले घरसँगै १७ जनालाई पनि बगाएको थियो । जसमध्ये ३ महिला र ३ पुरुषको शव बुध‍बार भेटिएको छ भने बाँकीको खोजीकार्य जारी रहेको अछाम प्रहरीले जनाएको छ  । ज्यान गुमाउनेमध्ये १२ वर्षीय किशोर नविन साउदको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय र डिएसपी योगेन्द्रसिंह थापा सहितका जिल्ला उच्च अधिकारीको टोली घटनास्थल पुगेर अवस्थाको जानकारी लिएको छ ।

प्रहरीका अनुसार बाढीले ४७ वर्षीय नन्द साउद, ४५ वर्षीय गंगा साउद, १७ वर्षीय रुपेश साउद, १२ वर्षीय नविन साउद, नामनखुलेकी १८  किशोरी, ३ वर्षीय प्राप्ति साउद, ५५ वर्षीय जोगा साउद, ४५ वर्षीय अमर शाह, ४६ वर्षीय पवित्रा शाह, ४ वर्षीय समिर शाह, ३५ वर्षीय संझना शाह, २५ वर्षीय गौरी शाह, ४८ वर्षीय चन्द्र साउद, ४५ वर्षीय बसु साउद, ४५ बर्षीय लालसरा साउद, ९ बर्षीय बसन्त शाही, एक जनाको नाम नखुलेको एक युवालाई बाढीले बगाएको थियो । जसमा ६ जनाको शव फेला परिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal