News Portal

  • कृषि विकास बैंकको कर्मचारी, सुरक्षा गार्ड र ड्राइभरमा कोरोना सक्रमण,केन्द्रीय कार्यालय सिल

    डबली संवाददाता२०७७ भदौ ३ गते
    १६६ पटक

    काठमान्डौं । कृषि विकास बैंकको कर्मचारी, सुरक्षा गार्ड र ड्राइभरमा कोरोना सक्रमण खेखिएको छ । रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस देखिएपछि बुधबार बैंकको केन्द्रीय कार्यालय नै बन्द गरेर सिल गरिएको छ ।

    बैंकको केन्द्रीय कार्यालयमा कार्यरत एक उच्च अधिकारीका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत ४ जना कर्मचारीमा संक्रमण भएपछि आज कुनै काम भएको छैन् र सबै कर्मचारीहरुलाई घरमै बस्न भनेको छ । जस्ले गर्दा आज रामशाहपथस्थित केन्द्रीय कार्यालयले प्रवाह गर्ने सेवा ठप्प भएको छन् ।

    यस अघि एभरेष्ट बैंकका २ जना कर्मचारीमा कारोना सक्रमण पुष्टि हुदा बैंकको केन्द्रीय कार्यालय काठमाडौं २ दिनको लागि सिल गरिएको थियो ।
    त्यसै गरी बैंकको लुम्बिनी र कपिलबस्तु शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

    प्रतिकृया दिनुहोस्