
काठमान्डौं । मंगलबार राति पर्साको वीरगन्जमा मा थप १ जनाको कारोना सक्रमितको निधन भएको छ । गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनमा निमोनियाको समस्य रहेकोले ज्यान गएको नारायणी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
उनी साउन २३ गते अस्पताल भर्ना भएकोमा २६ गते कोरोना पुष्टि भएको थियो ।
यसअघि मंगलबार राति नै धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र ललितपुरको पाटन अस्पतामा १ जनाको निधन भएको थियो । मंगलबार नियमित पत्रकार सम्मेलनमा कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११४ पुगेको जनाएको थियो ।
यसै बिच कोरोना भाइरस बढेसँगै सरकारले काठमाडौं उपत्यकामा आज (बुधबार) देखि भदौ १० गते सम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको बैठक सो निर्णय गरेको हो ।
तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकल बुधबार राति १२ बजेबाट लागु हुने गरी एक सातासम्म निषेधाज्ञा लागु हुनेछ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय संचालन गर्न नपाइने निर्णय पनि भएको छ ।