आज :

अछाममा बाढीले बगाएर ६ जनाको ज्यान गयो, ३० पसलहरु पनि बगे

काठमाडौं । अबिरल बर्षाका कारण अछाममा बाढीले बगाएर रामारोशन गाउँपालिका ६ जनाको ज्यान गएको छ । कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको ज्यान गएको भने छ भने ११ अर्झै बे पत्ता भएको छन् ।

त्यस्तै बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा ३० पसलहरु पनि बगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताएको छन् । अहिले बाढीबाट मृ’त्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीले बगेर बेप’त्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैबिच त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको ज्यान गएको छ । उनि बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार भएको र ती महिलाको शव खोलाको तीरमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताए।

यसैबिच बाढीपहिरोमा परी बाजुरामा दुई २ जनाको ज्यान गएको छ । खप्तड छेडेदह गाउँपालिकामा आएको पहिरोमा परी एक बालिकाको ज्यान गएको हो । उनि खप्तड छेडेदह गाउँपालिका–५ की ३ वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । त्यस घरकी ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुई बाख्रासमेत च्यापिएको प्रहरी निरीक्षक ठगुन्नले बताएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal