आज :

रामारोशनको सैनीबजारका १६ घर बाढीले बगायो, ६ जनाको शव भेटिए, ११ हराए

अछाम । जिल्लाको रामारोशन गाउँपालिमा बाढीले १६ घर बगाउँदा ६ जनाको निधन भएको छ भने ११ जना हराएका छन् । कैलास खोलमा आएको बाढीले गाउँपालिकाको वडा नम्बर ५ स्थित सैनीबजार बगाएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले अनलाइन डबलीलाई दिएको जानकारीअनुसार घटनास्थलमा प्रहरी पुगेको छ । बाढीले १७ जनालाई बगाएको प्रहरीले मुचुल्का उठाएको छ । बाढीले बगाएर हराएका मध्ये ६ जनाको शव कैलाश खोलामा भेटिएको रावलले बताइन् ।

बाढीले बगाए ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीयले बताएका छन् । त्यस्तै थप दुई जनाको २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीय प्रकाश कुँवरले जानकारी दिए ।

केही दिनदेखिको अविरल वर्षासँगै कैैलास खोलामा आएको बाढी मानवबस्तीमा प्रवेश गरेको थियो । बाढीले बाढीले गजड बजार, मुजा बगरमा समेत क्षति पुर्याएको छ । नेपाल टेलिकमको एउटा गाडी, साना जलविद्युत आयोजनासहित आधा दर्जन गाडी पनि बाढीले बगाएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले हेलिकोप्टर पठाउने तयारी गरेका छन् । उद्दारसँगै खोजी कार्यमा सहयोग गर्न अपील समेत गरेका छन् ।
यसैबीच बझाङको बुङगल नगरपालीका वडा नं ५ मिडीमा गएराति पहिरो जाँदा २ जना हराइरहेका छन् भने ४ जना घाइते भएका छन् ।

स्थानीय प्रताप ताम्राकारको घर पहि‍रोले बगाएको थियो । नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका तीन जनाको उद्धार गरिएको छ ।
ताम्राकारका १४ बर्षका छोरा सचिन र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडा हराइरहेका छन् ।

पहिरोमा परेर ४० बर्षिया पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन्। घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। हराएकाहरुको प्रहरीले स्थानीयको सहयोगमा खोजि गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal