आज :

उपत्यकामा बुधबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय, घर बाहिर निस्कन नपाइने

काठमाडौँ । कोरोना भाइरस बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भोलि (बुधबार) देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको बैठक सो निर्णय गरेको हो ।

तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकल बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक सातासम्म निषेधाज्ञा लागु हुनेछ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय संचालन गर्न नपाइने निर्णय पनि भएको छ ।

बैठकमा सहभाथी महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालन हुनेछन् ।

त्यसैगरी निषेधाज्ञा अवधिभर सर्वसाधारणले हिडडुल गर्न समेत नपाएने भएको छ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसअघि आजमात्रै अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना संक्रमण भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा दिएको जनकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २०५ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि भएको  छ । त्यसैगरी आज थप ७ जनाको निधन भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal