News Portal

  • कोरोना संक्रमण अहिलेसम्मकै धेरैः काठमाडौंमा २०८ सहित १ हजार १६ जना सक्रमित थपिए

    डबली संवाददाता२०७७ भदौ २ गते
    ३२४ पटक

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा दिएको जनकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको निधन भएको छ । हाल सम्म ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमित भेटिएको छन् । आाजको सहित नेपालमा कोरोनाभाइरस कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

    त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) गरी २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्