आज :

नेपालको झन्डा जलाउने ‘देशद्रोही’ टिमको क्यामेराम्यान प्रकाउ, गायकको खोजी तीव्र (यस्तो थियो भिडियो)

काठमाडौँ । ’देशद्रोही’ गितको टिमको क्यामेराम्यान प्रकाउ भएको छन् । युट्युबमा सार्वजनिक भएको ’देशद्रोही’बोलको गीतको भिडियोमा नेपालको झन्डा जलाइएको र कुनै जाति विशेषलाई गाली गरिएको भन्दै उनलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ ।  मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

उनी भिडिओका ’क्यामेराम्यान’ हुन ्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस्तै गायकको खोजी तीव्र भइरहेको र उनि गेल्जङ दोर्जे भएको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएको छन् ।

भिडियोको चौतर्फी विरोध भएको छ । धेरैले सामाजिक सञ्जालमा फेसबुकमा कारबाहीको माग गरेका छन् । राष्ट्रियगान, राष्ट्रिय झन्डाको दुरुपयोग गरेको तथा नेपाल र नेपाल सरकारविरुद्ध घृणा फैलाउने लगायतका गतिविधि गरेको छ ।
म्युजिक भिडिओ सोमबार युट्युव च्यानल मार्फत सार्वजनिक भएको थियो ।

त्यस भिडिओमा गायक तामाङले झण्डा जलाएको भिडियो छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिर समेत जलाइएको छ ।

उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका  विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ । कुनै जाति विशेषलाई शरणार्थी भन्दै गाली गरेको यस गीतलाई युट्युबमा ५९ हजार बढीले ’डिसलाइक’ गरेका छन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal