आज :

नेपालगंजमा थप एक जनाको कोरोनाबाट ज्यान गयो, चितवनमा ४२ प्रहरीसहित ५० जना संक्रमित

नेपालगंज । बाँकेमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको गएराति १२ बजे ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार साउन ३२ गते अस्पताल भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । ज्वरो, निमोनिया देखिएको उनलाई राति श्वासप्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर ज्यान गएको श्रेष्ठले बताए । बाँकेमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।यसैबीच चितवनमा ४२ सशस्त्र प्रहरी र नर्ससहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, ४ जना संक्रमित जिल्ला बाहिरका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरी गणका ४० पुरुष र २ महिला प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।

राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार प्रयोगशालामा ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसले चितवनमा कोरोना डरलाग्दा रुपमा फैलिरहेको पुष्टि भएको छ । संक्रमितमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण देखिएको छैन ।

यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।

त्यसैगरी भरतपुर सेन्ट्रल हस्पिटलका तीन नर्ससहित भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० का ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो । चितवनमा कोरोना संक्रमितको संख्या २५५ पुगेको छ । भरतपुर अस्पताल संक्रमितले भएिको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal