आज :

दक्षिण कोरियामा कोरोनाको दोस्रो छालः पाँच महिनायताकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसलाई नियन्त्रणमै राखेको दक्षिण कोरियामा दोस्रो छाल आउने अनुमान गरिएको छ । उपचारसँगै सामाजिक दूरी कायम गरी कोरोनालाई नियन्त्रण गरेको दक्षिण कोरियामा फेरि लामो समयपछि एकै पटक २ सय ७९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

कोरियाली संचारमाध्यमहरुका अनुसार पाँच महिनापछि पहिलो पटक एकै दिन संक्रमितको संख्या २ सय नाघेको हो । नयाँ संक्रमितमध्ये धेरै साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन् ।

कोरोना नियन्त्रणको लागि राष्ट्रपति मुन जेइनले चालेक कदमको आलोचना गर्दै आएका धर्मगुरु जुन क्वाङ हूनले नेतृत्व गरेको गिर्जाघर कोरोनाको केन्द्र बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो । उक्त विवादास्पद समूहसँग ५,२०० संक्रमितको सम्बन्ध रहेको बताइन्छ । योसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १५ हजार ७६१ पुगेको छ भने ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

योसँगै गिर्जाघरका प्रमुख धर्मगुरु जुन क्वाङ हूनलाई पक्राउ गरिनुपर्ने भन्दै दुई लाखभन्दा बढी मानिसले अनलाइन याचिकामा हस्ताक्षर गरेका छन् । सिन्चेओन्जी गिर्जाघरका गुरु ली मानहीलाई गत महिना पक्राउ गरिएको थियो ।

बिना लकडाउन कोरोना नियन्त्रण गरेको कोरियाबाट नेपालले सिक्नु पर्ने धेरै कुरा रहेको त्यहाँ काम गरिरहेका नेपालहरु बताउँछन् । नेपालमा कोरोना प्रवेश नगरेको अवस्थामा दक्षिण कोरियामा दैनिक १ सयभन्दा बढीको हिसाबमा कोरोना संक्रमण फैलिएको थियो ।

महामारीकै बीच राष्ट्रपति चुनाव समेत सम्पन्न गरेर पनि कोरियाले कोरोना थप फैलिन दिएको थिएन । संक्रमितले समेत मतदान गर्ने सम्मको व्यवस्था गरेर विश्वमै नयाँ उदारहणीय काम गरेको कोरियामा फेरि पाँच महिना पछि दैनिक संक्रमितको संख्या २ सय नाघेको छ ।

कोरियामा २ सय संक्रमति भएकै दिन नेपालमा ५ सय भन्दा बढी जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृतकको संख्या कोरियामा बढी भएपनि संक्रमित भने नेपालमा बढी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal