आज :

विद्युत प्राधिकरणको वार्षिकोत्सवः कुलमानलाई निरन्तरताको माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको अझैं आवश्यकता भएको भन्दै अर्को कार्यकाल पनि दिनुपर्ने माग उठेको छ । प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अबसरमा बोल्ने बक्ताहरुले अर्को कार्यकाल पनि घिसिङलाई दिनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनको संयोजक रामेश्वर पौडेलले विद्युत प्राधिकरणलाई घिसिङको अझै आवश्यकता भएको भन्दै दोस्रो कार्यकालको लागि निरन्तरता दिनुपर्ने माग गरे । उनले घिसिङको ४ वर्षे कार्यकालमा देश लोडसेडिङमुक्त मात्रै नभएर प्राधिकरण घाटाबाट नाफामा गएको बताए ।

संयोजक पौडेलले कुलमानकै नेतृत्वमा प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाइएर हिँड्नसक्ने अवस्था आएको भन्दै अझै थप काम बाँकी रहेकोले सम्पूर्ण कर्मचारीले घिसिङकै निरन्तरताको पक्षमा रहेको बताए । उनले ऊर्जामन्त्रीमा वर्षमान पुन र प्राधिकरण नेतृत्वमा घिसिङलाई नै निरन्तरता दिन सरकारसँग माग समेत गरे ।

त्यसैगरी कार्यक्रम बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले पनि दोस्रो कार्यकाल कुलमान दिन सरकारसँग माग गरे । उनले पनि ऊर्जा क्षेत्रमा प्राधिकरणले गर्नुपर्ने अझै धेरै काम बाँकी रहेको र त्यसको लागि पनि कुलमानको नेतृत्व आवश्यक भएको बताए ।
सामुदायीक विद्युत उपभोक्ता संघका अध्यक्ष नारायण ज्ञावालीले कुलमानकै नेतृत्वमा प्राधिकरणले ठूलो सफलता प्राप्त गरेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउनुपर्ने बताए । उनले कुलमानलाई दोस्रो कार्यकालको लागि निरन्तरता दिएमा प्राधिकरणले अझै सफलता प्राप्त गरेर देशलाई ठूलो योगदान गर्ने दाबी समेत गरे ।

कुलमानको ४ वर्षे कार्यकाल सकिनै लाग्दा प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको लागि दौडधुप सुरु भएकोले कर्मचारीलाई चिन्ता बढेको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शाहीले बताए । सोमबार साँझ अनलाइन डबलीसँग कुरा गर्दै कुलमानको पहिलो कार्यकाल सफल मात्रै नभएर प्राधिकरणले देशलाई ठूलो योगदान गरेको बताउँदै दोस्रो कार्यकालको लागि निरन्तरता दिनुपर्ने माग समेत गरे ।

प्राधिकरणका करिब १५ हजार कर्मचारीको साझा संस्थाको रुपमा रहेको आधिकारिक ट्रेड युनियनका सहसंयोजक शाहीले सत्तारुढ (नेकपा)भित्रको आन्तरिक विवादको शिकार प्राधिकरण बन्न नहुने बताए । उनले ऊर्जा मन्त्रालय र प्राधिकरणलाई अहिलेकै नेतृत्वको टीमलाई अर्को एक कार्यकाल दिए ऊर्जा क्षेत्रमा ठूलो कायपलट हुने दाबी समेत गरे ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटा भएको प्राधिकरण आव २०७६/७७ मा आइपुग्दा ११ अर्ब खुद नाफा कमाउन पुगेको छ । प्राधिकरण सबै भन्दा बढी नाफा कमाउने सार्वजनिक संस्था बन्न सफल भएको छ । दैनिक १४ घण्टासम्म अन्धकारमा झेल्दै आएको देशलाई लोडसेडिङमुक्त पनि कुलमानकै नेतृत्वमा भएको थियो । ऊर्जा क्षेत्रमा थप विकासको लागि कुलमानको नेतृत्व आवश्कय भएको भन्दै दोस्रो कार्यकालको लागि निरन्तरता पाउने पर्ने माग उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal