आज :

कोरोनाबाट विराटनगरमा थप एक जनाको ज्यान गयो, उपसभामुखलाई संक्रमण पुष्टि

काठमाडौँ । कोराना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ । कोशी अस्पताल विराटनगरमा उपचाररत कोरोना संक्रमित पुरुषको सोमबार साँझ निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुष कोशी अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल ल्याएका उनमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक पुरुषको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण गरिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ पुगेको छ ।

यसअघि विराटनगर–९ का दुई जनाको ज्यान गएको थियो । विराटनगर महानगरपालिका वडा नम्बर – २, ३, ५, १० र १५ मा एक एक जनाको निधन भएको थियो ।

यसैबीच बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमित भएको पुष्टि भएको छ । हेटौंडामा रहेको प्रादेशिक प्रयोगशालामा ३ दिनअघिको स्वाब रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ । उपसभामुख तामाङलाई रुघाखोकी देखिएको बताइएको छ ।

यसैबीच सोमबार कोरोना भाइरसबाट थप ५८१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमका अनुसार काठमाडौंका १३९, ललितपुरका १५ र भक्तपुरमा १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १६० जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जित्नेको संख्या १७ हजार ४९५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२० को पीसीआर परीक्षण भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal