आज :

नेपालमा कोरोनाबाट १०७ जनाको ज्यान गयो, संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसबाट थप ५८१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमका अनुसार काठमाडौंका १३९, ललितपुरका १५ र भक्तपुरमा १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १६० जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जित्नेको संख्या १७ हजार ४९५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२० को पीसीआर परीक्षण भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ । त्यसैगरी कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा १४ जनामा कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका सातजना, जुम्लाका तीनजना, दैलेख, सल्यान, धनुषा र भारतका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९२८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal