आज :

उपत्यकामा अहिले सम्मकै धेरै १६८ सहित देशभर ५८१ कोरोना संक्रमित थपिए, जम्मा २७ हजार २४१ संक्रमित पुगे

काठमाडौँ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८१ संक्रमित थपिएका छन् । ति मध्ये १७३ महिला र ४०८ पुरुष रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्् ।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ । ति मध्ये काठमाडौंमा १७०६ ललितपुरमा २८३ र भक्तपुरमा १४६ संक्रमित पुष्टि भएका छन्।

त्यस्तै आज नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १०७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ११ हजार ५२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख २९ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ७ हजार ३८ छन् ।

देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् । आज सम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६३९ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal