आज :

खुशीको खबरः चीनले पायो कोरोनाको भ्याक्सिन उत्पादनमा प्याटेन्ट स्वीकृती, नेपाललाई खाेप आफै पुर्याइदिने प्रतिबद्धता

काठ्मान्डाै‌ । चिनियाँ कम्पनिले कोभिड-१९ भ्याक्सिन उत्पादनमा प्याटेन्ट स्वीकृती पाएको छ । एडी ५ एनसीओभी नामक भयक्सिनका लागि अनुमती दिइएको चिनियाँ सन्चार माध्यमहरुले बताएको छन् । चीनको भ्याक्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकलाई कोभिड – १९ को भ्याक्सिनका उत्पादनमा स्वीकृती दिएको हो ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार उक्त प्याटेन्ट अगस्ट ११ मा जारी गरिएको थियो । त्यस्तै चीनबाट प्याटेन्ट पाउने यो पहिलो कोभिड १९ भ्याक्सिन भएको जनाएको छन् ।

यसअघि रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो ब्याच तयार गरेको जनाएको थियो । रुसकोे स्वास्थ्य मन्त्रालयले खोपको पहिलो ब्याच बनाइसकेको जनाएको थियो ।

अहिले रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु रातारात धमाधम खोप बनाइरहेका छ । योसँगै तेस्रो चरणको परीक्षणको तयारी पनि भइरहेको छ । रुसले विश्वका मानिसहरुलाई बचाउन मासिक ५० लाख डोज खोप उत्पादन गर्ने समेत समेत बताएको छ ।

यसैबीच पहिले विरोध गरेपनि पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले बनाएको खोपले कोरोनाविरुद्ध काम गर्ने आफूलाई विश्वास लागेको बताएका थिए । ट्रम्पले नै विश्वास र आशा व्यक्त गरेपछि अहिले रुसले बनाएको खोपले विश्वलाई नै आशावादी बनाएको छ ।

चिनियाँ बिदेशमन्त्री वाङ यीले कोरोनासँग जुध्न नेपालसँग पनि निकट सहकार्य भइरहेको बताएका छन् । चीनले कोरोना नियन्त्रण गर्न सफल भएको अनुभव छिमेकी देशहरुलाई बाड्न समेत चाहेको बताए ।

कोरोनाविरुद्धको लडाइँमा छिमिकीहरुलाई सहयोग गर्ने बचन दिएका वाङ यीले खोप बन्ने बित्तिकै नेपालसहित छिमेकी देशहरुमा आफै पुर्याइदिने बताए । चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै विदेशमन्त्री वाङ यीले नेपाल लगायत पाकिस्तान र अफगानिस्तानलाई पनि पहिलो चरणमै कोरोनाको खोप पुर्याउने बताएका थिए ।

यसैबीच चीनले कोरोनाविरुद्ध पूर्णरुपमा विजयी भएको बताएको छ । राजधानी बेइजिङमा पनि मास्क लगाउनु नपर्ने चीनले बताएको छ । वुहानमा पनि नयाँ संक्रमित भेटिएका छैनन् । वुहानमा एक वाटरपार्क खुला गरिएको छ । ८ महिनासम्मको उकुसमुकुसबाट मुम्ती पाउन  हजारौं मानिसहरु वाटरपार्कमा जम्मा भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal