आज :

१०० दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपे ले दियो साथ

काठमाडौँ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उदेश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । भेन्टिलेटर बैंककाे याे अभियानमा फोनपे पेमेन्ट सर्विस लिमिटेडले पनि साथ दिएको छ ।

यस अभियानका लागि अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराउने पmोनपे पेमेन्ट सर्विस लिमिटेडको सूचना तथा सञ्चार शाखाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

हरेक कारोबारमा रू १ छुट्याउने सम्झौताको सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गर्नुभयो । भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु हुनेछ ।

यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको अध्यक्ष ढकालले बताएको छन् ।

अहिले नेपालमा ३ करोड जनताका लागि करिब ६ सय वटा मात्र भेन्टिलेटर उपलब्ध छन् । नेपालमा ३ देखि ५ हजार भेन्टिलेटरको आवश्यकता रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal