आज :

क्वारेन्टाइनमा २२ वर्षीय युवाकोे ज्यान गयो, स्थानीय सरकारको क्वारेन्टाइनमा चरम लापरबाही

काठमाडौँ । गएराती ११ बजेतिर इलाम जिल्लाको को सुर्याेदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका १ जना(नाम खुलाईएको छैन्) २२ वर्षीय युवाकोे ज्यान गएको छ ।

उनि क्वारेन्टाइनमा आइतबार देखि बिरामी परेका थिए । स्वास प्रश्वासको समस्या देखिएपछि प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै उपचार गराएका थिए । उनको साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो तर पिसिआर परीक्षण रिपोर्ट भने आइसकेको छैन ।

उनि सुर्याेदय नगरपालिका वडा नं. ९ का हुन् । उनि भारतको हैदरवादबाट साउन २६ गते आएर क्वारेन्टाइनमा बसेका थिए ।
यसअघि कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको ज्यान गएको थियो ।

उनि पनि भारतको हैदरावादबाट फर्किएका थिए । उनी बिहान खाना खाएर सुतेका बेलुका अबेरसम्म पनि नउठेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा ज्यान गएको थियो ।

त्यस्तै केहिदिन अघि भारतबाट आएका एक जनाको सुर्खेतमा क्वारेन्टाइनमा र कञ्चनपुरको क्वारेन्टाइनमा ज्यान गएको थियो ।

पछिल्लो समय स्थानीय सरकारको चरम लापरबाही ले करेन्टटाईनमा ज्यान जान थालेको प्रति स्थानियहरु आक्रोशित छन् । अव्यवस्थित करेन्टटाईनले स्वस्थ्य ब्यक्ति पनि करेन्टटाईनमा सक्रमित हुन थालेको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal