आज :

कोरोनाको उग्र रुपः उपत्यकामा एकैदिन १७२ सक्रमित थपिएपछि थप कडाई, के नगर्ने ? जानि राखौं

काठमाडौँ ।  आज स्वस्थ्या तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ ७२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

कोरोनाले उग्र रुप लिएपछि काठमाडौं उपत्यकामा खुकुलो हुँदै गएका गतिविधिमा रोक लगाइएको छ । उपत्यकामा शनिबार राति १२ बजेबाट लागु हुने गरी भिडभाडजन्य गतिविधिमा लगाएको रोकलाई थप कडाइ गरिने भएको छ ।

उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले लकडाउन अन्त्य भएसँगै विस्तारै सुरु भएका भिडभाडजन्य सबै गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो । खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई निषेध हुनेछ ।

यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ । यस्तै परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रोक लगाइएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमणको जोखिम कम गराउँने सन्दर्भमा आदेश जारी गरिएको र शुक्रबार रातीबाट नै निर्णय लागू हुने तथा निषेधित गतिविधि गर्न नपाइने बताए । उनले निर्माणजन्य गतिविधि, उद्योग तथा व्यापार व्यवसाय भने सुरक्षा सावधानी अपनाएर संचालन गर्न पाइने जानकारी दिए ।

आदेशानुसार शैक्षिक संस्थाहरू संचालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय तोकिएको अवधिभर संचालनमा गर्न पाइने छैन । यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ, ठेलागाडा र साइकलमार्फत संचालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।

यसैगरी उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट संचालनमा पनि प्रतिबन्ध लगाइएको छ । जसअनुसार होटल तथा रेष्टुरेन्टहरुमा गई बसेर खान पाइने छैन । कसैले निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासनले कारवाही गर्ने आदेश पत्रमा उल्लेख गरिएको छ ।

यसैबिच आज देशभर थप ६४१ कोरोना सक्रमित थपिएका छन् । आज थप थपिए सगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । आज ज्यान गुमाउने २ जना छन उनिहरु पर्सा र मोरंगमा एक १ जना हुन् ज्यान गुमाउने पर्साका १ जना पुरुष र मोरङकी एक महिला हुन् । आजको सहित नेपालमा जम्मा ज्यान गुमाउनेको सख्या १०४ पुगेको छ ।

यस्तै आज १३४ जना निको भएका छन् । यो सगै निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ६२ प्रतिशत निको भएका छन् । त्यस्तै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ९,२२१ रहेको छ । आज १२,२४७ को परिक्षण गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal