आज :

काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १७२ सहित ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६४१ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

त्यसैगरी आइतबारसम्म आउँदा देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरस संक्रमण समुदायस्तरमा पुगेपछि विभिन्न स्थानीय
प्रशासनले सिल तथा लकडाउन जारी गरेका छन् ।

यसैबीच भक्तपुरको थिमि नगरपालिकाले आजदेखि लागु हुने गरी भदौ ९ गतेसम्मलाई सिल गरेको छ । नगरपालिकाका सबै वडाबाट हुने सेवा पनि बन्द भएका छन् ।
पछिल्लो पटक कोरोनाको केन्द्र बनेको पर्सामा स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको छ । आजबाट सेना परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको हो । पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ ।

मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पसल खोल्ने र मानिसहरुको चहलपहल देखिने गरेको छ । जिल्ला सुरक्षा समितिले समुदायमा फैलिएको संक्रमणलाई थप फैलिन नदिन निषेधात्रामा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको निश्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal