
काठमाडौँ । आज स्वस्थ्या तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप ६४१ कोरोना सक्रमित थपिएका छन् । आज थप थपिए सगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतम का अनुसार आज ज्यान गुमाउने २ जना छन उनिहरु पर्सा र मोरंगमा एक १ जना हुन् ज्यान गुमाउने पर्साका १ जना पुरुष र मोरङकी एक महिला हुन् । आजको सहित नेपालमा जम्मा ज्यान गुमाउनेको सख्या १०४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ७२ मा संक्रमण देखिएको डा. गौतमले बताएको छन् । उनिहरु काठमाडौँ जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन्् ।
यस्तै आज १३४ जना निको भएका छन् । यो सगै निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ६२ प्रतिशत निको भएका छन् ।
त्यस्तै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ९,२२१ रहेको छ । आज १२,२४७ को परिक्षण गरिएको थियो ।