आज :

मध्यपुर थिमि नगरपालिकामा आजबाट लकडाउनः विहान ११ बजेदेखि १ सम्म मात्रै पसल खोल्न पाइने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र भदौ ९ गतेसम्म लकडाउन गरिएको छ । त्यस्तै, नगरपालिकाका सबै वडाहरुबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको छ । नगर विपद व्यवस्थापन समितिको शनिबार बसेको आकस्मिक बैठकले नगरक्षेत्रभित्र साउन ३२ देखि भदौ ९ सम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत उद्धव प्रसाद रिजालले बताए ।

नगरपालिकामा ४६ जनामा कोरोना संक्रमण देखिएकोले संक्रमण थप हुन नदिन सिल गरिएको रिजालले अनलाइन डबलीसँग बताए । नगरपालिका क्षेत्रभित्र विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल खोल्न पाइने रिजालले बताए ।

अनलाइन डबलीसँग कुरा गर्दै रिजालले आज पहिलो दिन स्थानीयले सरकारको निर्देशनको पूर्ण पालना गरेको बताए । “कोरोना समुदायमा थप संक्रमण हुनबाट नगरपालिकाका क्षेत्रमा लकडाउन गरिएको हो । पहिलो दिन आज स्थानीयले पूर्ण पालना गरेका छन्” रिजालले भने । उनले स्थानीय सरकारले जारी गरेको निर्देशनको पूर्ण पालन गर्न पनि आग्रह समेत गरे ।

स्थानीय सरकारले नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय गरेको थियो । नगरपालिकाले संघीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको छ ।

नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्ससहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै स्थानीय भएकोले कोरोना स्थानीय समुदायमा पुगेको आशंका बढेको कार्यकारी प्रमुख रिजालले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal