आज :

इतिहासको पुनरावृतिः दोरम्भ हत्याकाण्ड देखि कुमार पौंडेल हत्या सम्म आईपुग्दा

काठमाडौँ । आज दोरम्भ हत्याकाण्डमा २२ जना योद्धाहरूको रातो रगतले दोरम्बाको डाँडाकटेरी लछप्पै भिजेको १८ वर्ष पूरा भएको छ । २२ जना योद्धाहरुको रगतले लतपतिएको दोरम्भ हत्याकाण्ड बि. स. २०६० साल साउन ३२ गते (आजकै दिन) २२ जना निर्दोष माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रुर तरिकाले हत्या भएको दिन हो ।

दोरम्भ हत्याकाण्ड रामेछाप जिल्लाको दोरम्बा डाँडाकटेरीको उच्च पहाडी भूभागमा भएको थियो । यो घटना भएको आज १८ बर्ष पुगेको छ । तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डमा रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ), रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ), जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर) सहित २२ जनाको बर्बरतापूर्वक हत्या गरेको थियो ।

यो घटना शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएका शाही सेनाहरुले गराएको हुन् । घटनाको मुख्या कारण सरकार–माओवादी बीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भङ्ग गर्ने उद्देश्यले भएको थियो । त्यस्तै जनयुद्धको राप र तापले गालेको शाहीसत्ता टिकाउने अन्तिम प्रयासस्वरूप ज्ञानेन्द्र शाहीको चाकरका रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएका सूर्यबहादुर थापाको निर्देशन र शाही अमेरिकी सेनाको योजनामा उक्त कुख्यात हत्याकाण्ड मच्चाइएको आशङका उब्जिएको छन् ।

त्यस पछि घटनालाई लिएर हापुरेमा वार्ता भंग भएको थियो । युद्धविरामको बेला भएकाले त्यस घटनालाई सेनाले दोहोरो भिडन्तमा मारिएका भनेको थियो । तर नियन्त्रणमा लिएर मारेको भन्दै सर्वत्र निन्दा भएपछि सरकारले बनाएको छानबिन आयोगले सेनाले दोरम्बामा नियन्त्रणमा लिएर डाँडाकटेरीमा पु¥याई हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । तर त्यस बिषयमा पछि सुनुवाई नै भएन ।

हत्याकाण्ड भएको झन्डै १६ वर्षपछि दोरम्बा गाउँपालिका १ को डाडाँकटेरीमा मारिएका तत्कालीन माओवादी नेता तथा कार्यकर्ताको सालिक स्थापना गरिएका थियो । माओवादीका तत्कालीन जिल्ला इन्चार्ज बाबुराम लामा लगायत २१ जनाको सालिक डाडाँकटेरीमा लहरै सजाइएको छ ।

त्यतिबेलाको जनयुद्ध सञ्चालन गर्ने मुख्य कमान्डर पुष्पकमल दाहाल एमाले सगं मिलेर अहिले सरकार सञ्चालन गरिरहेका छन् भने यता उनको सहयात्रि बिप्लब ती शहिदहरुको सपना पुरा गर्ने उदेश्य सहित एकिकृत जनक्रान्ति मोडेल द्धारा अधुरो क्रान्ति सम्पन्न गर्न कसरतमा छन् ।

जनयुद्धका नायक दाहाल आज दलाल संसदीय व्यवस्थाका रक्षक  बने । तर महान् सहिद परिवार, बेपत्ता योद्धा परिवार र घाइते– अपाङ्ग योद्धाहरूका सपना भताभुङ्ग भए । जसको शक्तिका कारण प्रचण्ड–बाबुरामहरू नेता भएका थिए, आज उनीहरूले सहिद, बेपत्ता र घाइते अपाङ्गहरूलाई बिर्सिए, अपमान गरे भन्दै प्रचण्ड–बाबुरामहरूले धुलोमा मिल्काएको क्रान्तिको रातो झन्डा उठाएर बिप्लवको नेतृत्वमा नेकपाले एकीकृत जनक्रान्तिको अभियानमा थाल्यो । एकीकृत जनक्रान्तिको सफलताबाट स्थापना हुने वैज्ञानिक समाजवादी सत्ताले मात्र महान् जनयुद्ध, एकीकृत जनक्रान्ति र इतिहासका खासखास क्षणहरूमा आमूल परिवर्तनका लागि त्याग, शौर्य र बलिदान गर्ने महान् सहिदहरूको सपना साकार पार्ने उदेश्य तथा त्यतिबेला सबै किसिमका प्रतिगामी, प्रतिक्रियावादी र यथास्थितिवादी दलाल र गद्दारहरूका सपना भताभुङ्ग पार्ने भन्दै एकिकुत जनकान्तिमा लाखौं युवा होमिए ।

गणतन्त्र पछि पनि सक्तामा बस्नेहरुको फासिबादी चरित्र उस्तै रहयो । एकिकुत जनकान्तिलाई बोकेकै आधारमा गत बर्ष असार पाच मा सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही जंगलमा एकान्तमा लिई कुमार पौडेललाइृ नौवटा गोली हानेर प्रहरीले हत्या गर्यो । तर अपराधि अझै खुलेआम धुमिरहेको छन् । अझै जनताले उस्तै चोड र पिडा खेपी रहेको छन् । कुमार लगायत ११ जना होनहार योद्धाहरूको बलिदानले उही समयको स्मरण गराइरहेको छ । एकीकृत जनक्रान्तिमा लामबद्ध योद्धाहरूलाई अझै दलाल सरकारको हत्या हिसां र गिरफ्तारी गर्दा उहि दोरम्बा हत्याकाण्डकै शैलीमा हत्या गर्ने, गिरफ्तार गर्ने फासिवादी हर्कतको पुनरावृत्ति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal