आज :

नेपालमा कोरोनाका कारण १०४ जनाको ज्यान गयो, संक्रिय संक्रमित ९ हजार नजिक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो १०२ को ज्यान गएको पुष्टि गरेको थियो । शनिबार साँझ थप दुई जनाको ज्यान गएको पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ । शनिबार साँझ पर्सा र कपिलबस्तुमा थप दुई जनाको ज्यान गएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले शनिबार दिउँसो दिएको जानकारीअनुसार थप ४६८ जनामा संक्रमण पुष्टिको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । शनिबार दिउँसो काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना थरी ९८ जना संक्रमित भएको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११–११ त्जनामा संक्रमण पुष्टि भएको छ । काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९–९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५–५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३–३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २र२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी शनिबार राति गरिएको परीक्षणमा पत्रकार सहित पर्साका ४५ र बाराका २ गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३७ जना पुरूष र १० जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् ।

वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभिन्युज टिभीका १ जना पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेका छन् भने पर्सा जिल्लाको पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन् । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ बर्षका १ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष रहेको नारायणी अस्पतालका नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहका अनुसार साउन २७ गते देखि ३१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४७ जना संक्रमण पुष्टि भएको ले जानकारी दिए ।

त्यसैगरी चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष २६ देखि ५३ वर्ष उमेर समूहका छन् भन महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् । हाेम क्वारेन्टाइनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालम‌ै बनाइएकाे आइसोलेसनमा राखिने क्यान्सर अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार नजिक पुगेको छ । शनिबार दिउँसोसम्म ८७१६ जना संक्रिय संक्रमित थिए भने शनिबार राति र आइतबार विहान गरी थप संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal