
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार नियामित प्रेश ब्रिफिङमा गएको २४ घण्टामा नेपालमा थप ४ जनाको निधन भएको जानकारी दिएको छ । मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले प्रेश ब्रिफिङमा बोल्दै थप ४ जनाको निधन भएसगै जम्मा ज्यान गुमाउने ९९ पुगेको बताएको छ ।
त्यस्तै आज ५९४ नयां सक्रमित थपिएको पनि उनले जानकारी दिए । त्यस्तै जम्मा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ ।
त्यस्तै मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टा उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि जानकारी दिएको छन् आजको आंकडा हेर्दा लगातार चौथो दिन उपत्यकामा १ सयभन्दा धेरै संक्रमित भेटिएका छन् । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । कोरोना सक्रमित अत्याधिक देखिए पछि काठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खुका केही क्षेत्र सिल गरिएको छ
आज २४० जना डिस्चार्ज भएका छन् । अहिले सम्म देशभरि क्वारन्टीनमा १४,६३८ जना छन् । अहिले देशभर ७,९१३ जनामा सक्रिय सङ्क्रमण छ भने १७,०७७ जना भाइरसमुक्त भएका छन् । गएको २४ घण्टामा ११,५७५ वटा पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४९४,६१३ जना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।