आज :

नेपालमा कोरोनाका कारण ९५ जनाको निधन, विहीबार ४ जना थपिए

काठमाडौं । नेपालमा थप ४ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि् भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ गरी थप ४ जनाको निधन भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुषको कोरोना भाइसर संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।

अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

यस्तै बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

केही समय कोरोना संक्रमण कम हुँदै गएको कर्णाली प्रदेशमा संक्रमित थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम‍्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला, ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् । एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २०५२ पुगेको छ ।

देशभरकै पछिल्लो अध्यावधिक विवरणअनुसार ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । त्यसैगरी १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal