आज :

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो, विहीबार ५ सय १२७ थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  विहीबार नियमित प्रेस ब्रिफिङमा उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेको गौतमले जानकारी दिए ।

संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम हुँदै गएको छ । विहीबार थप १०९ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ ।

विहीबारसम्म आउँदा संक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । प्रवक्ता गौतमका अनुसार विहीबार देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै,क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् ।
त्यसैगरी विहीबार थप ४ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।  हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।

यसैबीच प्रदेश नम्बर १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।

बिहीबार विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् ।

कोशीमा फेरि एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा बिहीबार १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । स्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार अब संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal