News Portal

  • विश्वलाई खुशीको खबरः रुसले बनाएको कोरोनाविरुद्धको खोपले पायो मान्यता, दुई हप्तामा प्रयोगमा आउँदै

    डबली संवाददाता२०७७ साउन २९ गते
    ५०२ पटक

    काठमाडौं । रुसले कोरोना भाइरलसविरुद्ध बनाएको खोपले आधिकारिक मान्यता पाएको छ । रुसका स्वास्थमन्त्री मिखाइल मुराश्कोले खोपले आधिकारिक मान्यता पाइसकेको बताएका छन् ।

    अमेरिका, जर्मनी, फ्रान्स, स्पेनलगायतका देशका वैज्ञानिकहरुले रुसले मानव शरिरमा दुई महिनामात्रै परीक्षण गरेपछी खोपलाई स्वीकृती दिएको भन्दै टिकाटिप्पणीलाई रुसले बेतुक भनेको छ ।

    रुसका स्वास्थ्य मन्त्री मुराश्कोले आफ्नो देशले खोप बनाएकोले अन्य देशहरुलाई जलन भएको समेत बताउँदै बेतुकका टिप्पणी नगर्न सचेत समेत गराएका छन् । खोपको लागि आवश्यक सबै परीक्षण तथा प्रक्रिया पूरा गरेको भन्दै रुसले शंका नगर्न विश्व जगतलाई भनेको छ ।
    स्वास्थ्य मन्त्री मुराश्कोले खोपले आधिकारिक मान्यता पाइसकेको बताउँदै दुई हप्ताभित्रै प्रयोगमा आउने समेत बताए ।

    कोरोनाले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला रुसले खोप बनाएपछि विश्वभर खुशीको किरणहरु देखा परेका छन् । कोरोना संक्रमणबाट पीडितहरुमा बच्ने आशा पलाएको छ ।
    यसअघि रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले मंगलबार खोप बनेको घोषण गरेका थिए । पुटिनले पहिलो पटक मस्कोमा सरकारका सदस्यहरूसँगको बैठकमा बोल्दै गमलेया राष्ट्रिय अनुसन्धान केन्द्रले बनाएको उक्त खोप बनाएको जानकारी दिएका थिए । रूसी स्वास्थ्य मन्त्रालयमा आधिकारिक रुपमा दर्ता भएको र खोपले राम्रो नतिजा दिएको पुटिनले बताए ।

    कोरोना भाइरस संक्रमण फ‍ैलिएदेखि नै रुसी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई राष्ट्रपति पुटिनले खोप निर्माण गर्न निर्देशन दिएका थिए । त्यसपछि वैज्ञानिकहरु रातदिन खटिएका थिए । रुसले अमेरिका-यूरोप लगाउतका देशहरुलाई कोरोना नियन्त्रण गर्न सहयोग पनि गरिरहेको छ ।

    रुसी संचारमाध्यमहरुका अनुसार रुसले कोरोना रोकथाम तथा नियन्त्रणसँगै खोप पनि बनाइरहेको थियो । खोपको धेरै चरणका सफल परीक्षणपछि रुसको स्वास्थ्य मन्त्रालयले मानिसहरुमा प्रयोग गर्नका लागि अनुमति समेत दिइसकेको छ ।

    खोपले राम्रो नतिजा दिएको बताउँदै राष्ट्रपति पुटिनले भने, ”खोपले सक्रमितहरुको कोरोनाभाइरस प्रतिरोध क्षमता बढाएको छ । यो भ्याक्सिन सबैका लागि उपयुक्त छ । त्यसैले रुसमा धेरै मानिसमा दिन थालिएको छ ।”

    राष्ट्रपति पुटिनले जनतालाई सुरक्षित महशुस गराउन पहिला आफ्नो छोर‍ीलाई पनि खोप दिइएको जानकारी दिए । ”यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित छ । हाम्रो छोरीलाई पनि दिइएको छ” पुटिनले छलफलमा भनेको रुसी संचारमाध्यमहरुले बताएका छन् । खोप इन्डोनेसियामा १ हजार ६ सय २० जना कोरोनाभाइरस संक्रमितमाथि पनि प्रयोग गर्न लागिएको पुटिनले जान‍कारी समेत दिए । उनले खोप कोरोनाविरुद्धको पहिलो सफल खोप भएको दाबी गरे ।

    रुसी अधिकारीहरुका अनुसार नेपालसहितका देशहरुलाई निःशूल्क खोप उपलब्ध गराउने तयारी पनि भइरहेको छ । उनीहरुले आफ्नो देशका नागरिकमाथि परीक्षण सफल भएपछि बाहिर परीक्षणमा ल्याइसकेका छन् ।

    यसअघि चीनले पनि खोप मानिसमा सफल परीक्षण गरिसकेको छ । अहिले चीनले कोरोनाको खोप उत्पादन गरिरहेको बताएका छ । केही दिन पहिलेमात्रै चीनले नेपाललाई खोप निःशूल्क उपलब्ध गराउने बताइसकेको छ ।

    यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाले पनि कोरोना विरुद्धको खोप बनाएको दाबी गरेपनि मानिसहरुमा दिन भने सकेका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना विरुद्धको औषधि बनाएको दाबी फेल भइसकेको छ । अमेरिकालाई कोरोना विरुद्धको ल डाइँमा फलता प्राप्त हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्