आज :

कोरोनाका कारण बुधबार अहिलेसम्मकै धेरै १० जनाको निधन, थप ४८४ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोनाका कारण बुधबार अहिलेसम्मकै धेरै १० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको बताएको थियो भने बुधबार साँझ थप २ जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी ८ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान निधन भएको हो ।

मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् । यसैगरी धादिङको निलकण्ठ नगरपालिका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ भने उनी क्षयरोगी थिए ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । धनुषाकै ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ७२ वर्षीय पुरुष र मोरङको बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधबारसम्म कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal