आज :

भारतले सीमामा सेना तैनाथ पर्यो, चीनले भन्यो-सबै मिलेर कोरोनालाई पराजित गरौं

काठमाडौं । भारतको चर्चित सन्चारमाध्यम हिन्दुस्थान टाईम्सका अनुसार भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले सीमा क्षेत्रमा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको बताएका छन् । उनले यो कुरा संसदीय समितिलाई बताएका हुन् । उनले चीनले सीमा क्षेत्र आसपासका क्षेत्रमा झण्डै ४० हजार सैनिक तैनाथ गरेको दाबी गदैे भारत चीनको कुनैपनि दुस्साहसको जवाफ दिनका लागि भारतपूर्ण रुपमा तयार रहेको बताएका छन् ।

चिनियाँ शिनजियाङ्गमा तैनाथ सैनिकहरु तीव्र रुपमा भारतीय क्षेत्रमा प्रवेश गरेको उल्लेख गदै त्यसका लागि आवश्यक व्यवस्था पनि गरिएको र भारत कुनैपनि अवस्थाको सामना गर्नका लागि तयार रहेको जिकिर गरेको छन् ।

त्यस्तै सेनाका शिर्ष अधिकारीले संसदको लेखा समितिमा एलएसीमा चीनले अभ्यासको नाममा सीमा क्षेत्रमा निर्माणको काम गरेको जानकारी गराएका थिए ।

यता चिनले भारतसँग रणनीतिक विश्वासलाई बलियो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै आफू शान्तिपूर्ण रुपमा समस्या समाधानको पक्षमा रहेको चीनिया विदेश मन्त्रालयले जनाएको छ ।

यो बिबाद भारत र चीनबीच ३,४४० किलोमिटर लामो सीमा को बिषयमा लामो समय देखि जारी छ र विभिन्न स्थानका क्षेत्रलाई लिएर दुबै देशको आआफ्नै दाबी रहेको छ ।

पछिल्लो समयमा सीमामा गस्तीका लागि खटिएका अधिकारीहरू सयौँ पटक एक अर्काको आमुन्ने सामुन्ने भएका छन् । त्यस क्षेत्रमा कोरोना माहामारी कै बिचमा भिडन्त हुदा दुबै देशले क्षेति बेहार्नु परेको थियो ।

यो घटनाले दुई देशबीच विश्वासको कमीलाई झन् प्रोत्साहन दिएको छ र बिबाद  नियन्त्रण बाहिर जान नदिन उच्च तहबाटै राजनीतिक हस्तक्षेपहरु पनि भईरहने गरेको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal