आज :

पाल्पाको निस्दीमा जीप दुर्घटना, शिशुसहित २ जनाको निधन, ६ जना घाइते

बुटवल । पाल्पामा जीप दुर्घटनामा परी शिशुसहित दुई जनाको ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती भएको दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।

पाल्पा प्रहरीका अनुसा निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

सोही दुर्घटनामा परी निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनालाई अलि बढी चोट लागेको छ । उनीहरुको पाल्पाको प्रभासमा उपचार भईरहेको छ । प्रहरीका अनुसार सडक भास्सिएर जीप दुर्घटना भएको थियो । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप अुनसन्धन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal