आज :

कोरोना अस्पतालमा दुई जनाको निधन, एक जनामा कोरोना संक्रमण पुष्टि

बटवल । यहाँस्गित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको निधन भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

मृतकमध्ये एक जनाको कोरोना पोजेटिभ रिपोर्ट आइसकेको छ भने एकको आउन बाँकी छ । दुबै जनामा मिल्दोजुल्दो लक्षण भएकोले उनमा पनि कोरोना पोजेटिभ हुन सक्ने बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि साउन २५ गते उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

गौतमका अनुसार दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार गरेपनि बचाउन सकिएन । कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे निधन भएको गौतमले बताए ।

एक जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भइसकेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal