आज :

नेपालामा थप एक जनाको कोरोनाका कारण ज्यान गयो, मृतकको संख्या ८४ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ । मंगलबार राति उपचारको क्रममा सप्तरीमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मंगलबार राति ज्यान गएको छ । योसँगै सप्तरीमा कोरोना कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

चार दिनअघि ज्वरो र रुघाखोकी लागेपछि कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन परी परीक्षण गरिएको थियो । मंगलबार राति रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै एम्बुलेसन्समार्फत आइसोलेसनमा ल्याउन तयारी गर्दा निधन भएको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको निधन भएको बताइएको छ ।

निधन भएका पुरुष मुटु सम्बन्धी रोगी, थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८३ जनाको ज्यान गएको पुष्टि गरेको थियो ।

यसअघि सप्तरीका रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषको साउन १ गते र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धको कोरोनाका कारण साउन १९ गते ज्यान गइसकेको छ ।

मंगलबार ४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वार गौतमले जानकारी दिएका थिए । नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा ७० वर्षीया महिला, नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको हिजो मृत्यु भएको थियो । त्यसैगरी हिजो नै काठमाडौंको मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पताल र किर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको निधन भएको थियो ।

काठमाडौं उपत्यकामा १३६ सहित देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै हो । काठमाडौंका ११० जना, भक्तपुरका ८ र ललितपुरका १६ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ३१३ पुगेको छ।

कोरोना बढेसँगै उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा पुन रोक लगाउनुका साथै भिडभाड हुनेगरी जात्रा नमनाउन पनि सरकारले आग्रह गरेको छ ।

मंगलबासम्म नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् । ७ हजार २०१ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १७१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal