आज :

कोरोनासँग लडिरहेका भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था नाजुक, भेन्टिलेटरको सहयोगले श्वास फेरिरहेका छन्

काठमाडौँ । कोरोना भाइरससँग जीवनमरणको लडाइँ लडिरहेका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्थामा निकै नाजुक हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा ब्रेन सर्जरीपछि मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतीय संचारमाध्यमहरुका अनुसार सर्जरीपछि मुखर्जीको अवस्थामा सुधार हुनुको साटो नाजुक बन्दै गएको छ । अहिले मुखर्जीले भेन्टिलेटरको सहायतामा श्वास फेरिरहेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

मुखर्जीले सोमबार आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी गराएका थिए । भारतमा सालिन र वौद्धिक व्यक्ति बनाएका ८४ वर्षीय मुखर्जीको स्वास्थ्य मंगलबार झन समस्या आएको बताइएको छ ।

यसैबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको सैनिक अस्पतालको भ्रमण गरी मुखर्जीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मुखर्जीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसैबीच भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । मंगलबारसम्म भारतमा २३ लाख २२ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४६ हजार ६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, १६ लाख ३३ हजार बढीले कोरोना जितेर घर फर्किएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भारत असफल हुँदै गएको छ । भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको छ । भारतमा कोरोना जोखिमको तेस्रो नम्बरमा छ । पहिलो नम्बरमा रहेको अमेरिकामा ५२ लाख ६५ हजार बढी संक्रमित पुगेका छन् । जसमा १ लाख ६६ हजार ७२६ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा रहेको ब्राजिलमा ३० लाख बढी संक्रमित भएका छन् । जसमा १ लाख १ हजार ८५७ ले ज्यान गुमाएका छन् ।

चौथो नम्बरमा रहेको रुसले कोरोनालाई नियन्त्रणमा राखेको छ । संक्रमितको संख्या ८ लाख ९७ हजार बढी रहेको छ भने ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ । रुसले पहिलो खोप सफल परीक्षण गरेर प्रयोगमा ल्याएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal