
काठमान्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
आज काठमाडौंका ११० जना, भक्तपुरका ८ र ललितपुरका १६ जनामा संक्रमण पुष्टि भए सगै उपत्यका मात्रै आज १३६ थपिए काे छन्।
आजकाे सहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ३१३ पुगेको छ। उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा पुन रोक लगाउनुका साथै भिडभाड हुने गरी जात्रा नमनाउन पनि आग्रह गर्न थालेका छन् । कोरोना संक्रमित भेटिएका क्षेत्रहरु सिल गर्नेदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय समेत गर्न थालेका छन्
आइतबार २ जना र सोमबार २ जनाको मृत्यु भएपछि मृतकको संख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा २ जना, बाँकेमा १ जना र पर्सामा १ जनाको मृत्यु भएको जानकारी दिएको थिएकाे िथए ।
नेपालगन्ज मेडिकल कलेजमा ७० वर्षीया महिलाको आइतबार मृत्यु भएको थियो । त्यसैगरी नारायणी अस्थायी कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको हिजो मृत्यु भएको थियो । त्यसैगरी हिजो नै काठमाडौंको मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो । हिजो नै कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको मृत्यु भएको िथयाे ।
आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् । ७ हजार २०१ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १७१ जना संक्रमित डिस्चार्ज भएका छन् ।