आज :

कल्पनाको बयानः फेसबुकमा फेक आइडी बनाएर गोप्यो फोटो सार्वजनिक गरेपछि…

काठमाडौँ । प्रहरीले गोंगबु घटनामा आरोपीलाई सार्वजनिक गरेको छ । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको ह त्या गरेर सुटकेशमा श’व फाल्ने आ’रोपीलाई सोमबार प्रहरीले चितवनबाट प’क्राउ गरेर काठमाडौँ ल्याए’र मंगलबार सार्वजनिक गरेको हो ।
गोंगबुकै नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्ने कल्पना मुडवीले बोहराको ह त्या गरेको स्वीकार गरेकी छन् । शनिबार राति आफ्नो आएका बोहराले ब’लात्कारको प्रयास गरेपछि मारेको प्रहरीसँग बयन दिएकी छन् ।

कल्पना र कृष्णबहादरबीच सामाजिक संजाल फेसबुकबाट चिनजान भएको अनुसन्धानबाट खुलेको छ । आफ्नो कोठामा बोलाएर ह त्या गरेपछि उनी चितवन गएकी थिइन् ।

हरीसँग कल्पनाले कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाले ब यन दिएकी छन् । कृष्णबहादुरलाई मारेपछि कल्पनाले बाथरुममा लगेर खुट्टा र टाउको का टेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाले स्वीकार गरेकी छन् । घटनामा कल्पनाकी छोरीले सघाएको समेत खुलेको छ ।

घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे अहिलेसम्मका खुलेका तथ्य र आरोपी मुडवरीलाई सार्वजनिक गरेको छ । कृष्णबहादुरले कल्पनाको नाममा फेसबुक फेक आइडी खोलेर अ श्लील फोटोहरु पोष्ट गरेपछि सम्बन्ध बिग्रिएको अनुसन्धानबाट खुलेको छ ।

घटना सार्वजनिक भएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा कृष्णबहादुरको टाउको र खुट्टा भएको जेब्रा झोला फेला पारेको थियो । शनिबार राति घटना घटाएर आइतबार कल्पना छोराछोरीसहित एम्बुलेन्समा चितवन लागिन् । प्रहरीले अनुसन्धानको क्रममा घटनामा कल्पनाको भन्दा अरुको संलग्नता खुल्न सकेको छैन ।

पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले ज्यान गुमाउने बोहोरा गत मंसिर महिनादेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएको बताए । शनिबार दिउँसो कृष्णबहादुर होटलबाट बाहिरिएका थिए ।

ल्पनाले खानपिनको लागि कृष्णबहादुरलाई बोलाएको पनि खुलेको छ । शनिबार दुबैले भोड्का रक्सी, दही, च्यूरा लगायत खाए । प्रहरीका अनुसार खानपिनका लागि बोलाएपछि कल्पनाको कोठामा गएपछि दुबै जनाले सँगै बसेर रक्सी सेवन गरेका थिए । कल्पनाले बोहरालाई ५ वटा स्लीपिङ ट्याब्लेट हालेर दही दिइन् ।

बोहोरामा नसा चडेपछि कल्पनाले अण्डाकोषमा हम्मरले प्रहार गरिन् । त्यसपछि आफ्नो सलले घाँटी थिचेर ह त्या गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । जब बोहराको मृत्यु भएको यकिन भयो, पौडेल शव व्यवस्थापनतिर लागिन् । शवलाई शौचालयमा लगेर दाउले टाउको र दुवै खुट्टा पनि काटेको उनले बयान दिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal