
काठमाडांै । आज बिहान त्रिभुवन विश्वविद्यालको उपकुलपति कार्यलय र निर्देशक चढ्ने गाडि तोडफोड भएको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले जानकारी दिएको छन् ।
केहि बिध्यार्थिहरुको दश १५ जनाको युवाहरुको समुह आएर उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक चढ्ने एउटा गाडी र कर्मचारी बोक्ने गाडीमा समेत तोडफोड गरिएको प्रवक्ता अधिकारीले बताए ।
त्यस्तै तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेको पनि उनले बताए ।
त्यहा बिगत केहि दिन देखि नेपाल विद्यार्थी संघ र प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै आन्दोलन गरिरहेका छन् ।
नेविसंघका केही नेता–कार्यकर्ताले मागहरु राखेर प्रदर्शन गर्ने क्रममा ‘सामान्य तोडफोड’ भएको नेविसंघ त्रिवि समितिका नेता हरि आचार्यको भनाई छ ।
फोटो स्रोतः ईकान्तिपुर