आज :

नेकपाका सेती महाकाली ब्यूरो इन्चार्ज पुन कारागार चलान, ‘जेल-हिरासतले परिवर्तन रोकिँदैन’

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुनलाई जिल्ला अदालत कैलालीमा रिहा गर्न आदेश दिएको थियो ।

सोमबार न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले पुनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । तर, प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि पुन धरौटी तिर्न मानेन् । धरौटी नतिरेपछि पुनलाई सोमबार नै कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।

नेता पुनले पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रहरीले अर्को मुद्दा लगाउने निश्चित भएकोका कारण धरौटी नतिरी कारागार जाने निर्णय गरेको बताए । उनले प्रहरीले लगाएका सबै आरोप झुटा भएको प्रमाणित भइसकेको बताए । उनले राजनीतिक आस्थाकै कारण आफूलाई गि रफ्तार गरिएको बताए ।

आफ्नो पार्टीले गलत कामकारवाहीको विरोध गरेकै कारण सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको बताए । उनले प्रतिबन्धले जनताको परिवर्तनको चाहनालाई रोक्न नसक्ने पुनले बताउँदै पुनले जेललाई आफूले संघर्षकै मैदानको रुपमा लिएको समेत बताए । असार ३१ गते प्रहरीले पुनलाई धनपा वडा नम्बर ७ को कनरी क्षेत्रबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal