
काठमान्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको छ ।
ति मध्य ६ हजार ७३८ कोरोनाका सक्रिय सङ्क्रमित रहेको छन् । आज ८ हजार ४३२ जनाको पिसीआर परीक्षण गरिएकोमा ३३८ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउने आज ४ जना थपिएका छन् । उनिहरु काठमाडौंमा २ जना, पर्सा र बाँकेमा १ एक जना रहेका छन् । आजको सगै जम्मा ज्यान गुमाउनको संख्या ७९ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । त्यनिहरु काठमाडौंमा ३६ जना , ललितपुरमा ४ र भक्तपुरमा ४ जना हुन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका १२ जना र ललितपुरका १जना कोरोनामा कोरोना देखिएको थियो ।
त्यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना संक्रमित थपिएका हुन् । त्यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १, ललितपुर १ र काठमाडौंमा ८ जना कोरोना संक्रमण देखिएको हो ।
त्यसै गरी आज कोरोना सङ्क्रमणमुक्त भएर १४० जना घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । मुलुकभर क्वारेन्टिनमा १० हजार ७५९ जना रहेका छन् ।