
काठमाडांै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान बुटवल रुपन्देहीका कार्यलय प्रमुख इन्जिनीयर सन्तोष साहलाई घुस रकम सहित पक्राउ गरेको जनाएको छ ।
उनले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुस रकम उठाई काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई धादिङबाट पक्राउ गरेको आयोगले जनाएको छ । उनि लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं हिडेका थिए ।
उनलाई २ लाख ३३ हजार ५०० नगद रुपैयाँ र बैंकमा जम्मा गरेको ८ लाख २२ हजारको भौचर सहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।