आज :

भदौ १ गतेबाट हवाई उडान र लामो दूरीका यातायात नचल्ने, आज निर्णय हुने

काठमाडौँ । भदौ १ गतेबाट नेपालमा हवाई उडान र लामो दूरीका यातायात नचल्ने भएका छन् । सरकारले भदौ १ गतेबाट आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात संचालन गर्ने तयारी गरेको थियो । तर, पछिल्ला दिनमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएकोले तत्काल सो तयारीलाई स्थगित गरिएको छ ।

आइतबार बसेको कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को बसेको बैठकले यसलाई भदौ १५ दिन पर सार्न सिफारिस गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

सीसीएमसीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा पनि भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको हो ।

त्यसैगरी सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस पनि गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ ।

तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ । यसबारे औपचारिक निर्णय आज बस्ने मन्त्रि परिषद् बैठकले गर्ने बताइएको छ ।

त्यस्तै बैठकले २ सय बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ । यसरी सेवा प्रवाह गर्दा अत्यावश्यक सेवाको हकमा ७–७ दिन तथा अन्य कार्यालयको हकमा १५–१५ दिनको आलोपालो मिलाई ५० प्रतिशतलाई कार्यालय र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन समेत भनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal