आज :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठानमा दैनिक १ हजार कोरोना परीक्षण गर्दैछौं‌: रजिष्ट्रार काफ्ले

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठानका रजिष्ट्रार विश्वराज काफ्ले प्रतिस्‍ठानले कर्णालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । प्रतिस्‍ठानका चिकित्सक कर्मचारी रातदिन खटिरहेको बताए । पूर्वतयारीमा सम्पूर्ण टीम जुटेकोले कर्णालीमा कोरोना समुदायमा पुग्न नपाएको बताए ।

संवाद डबली अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्‍ठान (कास) ले अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी गराउँदै रजिष्ट्रार काफ्लेले अब दैनिक १ हजारको कोरोना परीक्षरण गर्ने तयारी गरिहेको जानकारी दिए । त्यसको लागि सरकारको सहयोगमा आवश्यक उपकरण जडानको कार्य भइरहेको बताए । यसअघि प्रतिस्‍ठानले पहिलो पटक पुलिङ सिस्टमबाट कोरोना परीक्षण गरेको बताउँदै काफ्लेले पलास्टिकको पीपीईबाट सुरु गरेर दैनिक ८ सय स्वाबसम्म परीक्षण गरेको बताए ।

प्रतिस्‍ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय जनामा कोरोना पोजेटिभ देखएको बताउँदै काफ्लेले ८० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरेर कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको बताए । उनले परीक्षण सुरु गरेको एक हप्ताभित्र टेकुस्थित राष्ट्रिय प्रयोगशा पछि सबैभन्दा धेरै परीक्षण प्रतिस्‍ठानले गरेको बताए ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कर्णालीमा मानिसहरु त्रसित भइरहेको बेला चिकित्सकको टोली नै गाउँगाउँमा पठाएर परामर्श गरेको बताउँदै काफ्लेले भने, “नेपालमा कोरोना भाइरसको प्रवेश भइरहँदा कर्णालीका मानिसहरु निकै आतंकित भएका थिए । कोरोना के हो भन्ने नै मानिसहरुलाई थाहा थिएन । त्यो बेला हामीले विज्ञ चिकित्सकसहित टोली पठायौं । मानिसहरु भारतबाट फर्किन थालेपछि झन् डर त्रास फैलिरहेको थियो । हामीले अस्पतालका चिकित्ससहितको टोली गाउँगाउँमा पठाएर काउन्सिलिङ गर्यौं ।”

कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्व तयारी गरेको बताउँदै रजिष्टार काफ्लेले प्रतिस्ठान अस्पतालमा आईसियु थप्नुको साथै दुई तला पूरै आइसोलेसनमा परिणत गरेको काफ्लेले बताए । अस्पतालका सबै कर्मचारी रात दिन खटेर परीक्षण स्वाब संकलन र परीक्षणका काम गरेको बताए । अस्पतालका कर्मचारीहरुले १९–२० घण्टासम्म काम गरिहेको काफ्लेले बताए । प्रतिस्‍ठान कर्णाली प्रदेशका सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डडेल्धुराको स्वाब पनि परीक्षण गरेको बताए ।

लकडाउन सुरु भएलगत्तै प्रतिस्‍ठानले कसरी काम गर्ने भन्नेबारे छलफल सुरु गरेर टीम नै गठन गरेको काफ्लेले बताए । आइसियु र भेन्टिलेटर बढाउनुको साथै २ सय शैयाको आइसोलेसन तयार गरेको कार्यक्रममा काफ्लेले जानकारी दिए । पहिलो पटक मुगुमा एक जनामा आरडिटी पोजेटिभ र डोल्पा एक जनाको मृत्यु भएपछि पूरै कर्णालीमा त्रास फैलिएपछि चिकित्सकसहितको टोलीले हिडेरै  सम्बन्धित गाउँबाट स्वाब संकलन गरेर परीक्षणसँगै परामर्श गरेको उनले बताए ।

नीजि स्वास्थ्य संस्थाहरुले सेवा बन्द गरेको बेला प्रतिस्‍ठानले २४ सै घण्टा सेवा दिएको जानकारी गराउँदै रजिष्टार काफ्लेले आफैले पीसीआर मेसिन खरिद गरेर परीक्षण सुरु गरेको बताए । तीन महिनासम्म आफूसहित कर्मचारी र चिकित्सक थोरै घण्टा अस्पतालमै सुतेर सेवा दिएको बताए । दुर्गमबाटै पनि सेवा दिन सकिन्छ भन्ने कुरा प्रतिस्‍ठानले व्यवहाबाटै देखाएको समेत काफ्लेले बताए ।

भारतमा मानिसहरु फर्केसँगै समुदायमा पुगेको कोरोना अहिले नियन्त्रणमा आएको बताउँदै रजिष्टार काफ्लेले कोरोना जोखिममा कर्णाली ग्रिन जोनमा रहेको बताए । “कामको सिलसिलामा भारत गएका दाजुभाई फर्केसँगै कोरोना एक दुई ठाउँमा समुदायमा पनि संक्रमण देखिएको थियो तर अहिले नियन्त्रण भइसकेको छ । यसमा प्रतिस्‍ठानको महत्वपूर्ण भूमिका छ” काफ्लेले भने ।

एक अर्को प्रसंगमा काफ्लेले प्रतिस्ठानले एमडी र एमबीबीएस कार्यक्रम संचालनको तयारी पनि भइरहेको बताए । उनले डाक्टर बन्न अब विदेश र शहर पस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी समेत गरे । शैक्षिक कार्यक्रममा ४५ प्रतिशत कर्णालीको लागि आरक्षण सुरक्षित गरिएको बताए ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal