आज :

अध्ययनले देखायो ः कोरोनाबाट निको भएपनि फोक्सो क्षतिग्रस्त अवस्था मै रहन्छ

काठमान्डौं । कोरोना ( कोभिड–१९) भाइरसको उद्गम स्थल चिनमा गरिएको एक अध्ययनले कोरोना निको भएपछि पनि फोक्सो क्षतिग्रस्त अवस्था मै रहन्छ भन्ने तथ्य देखाएको छ । अध्ययनको पहिलो चरणको नतिजामा अनुसार ९० प्रतिशत अर्थात् ९० जना बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामै रहेको पाईएको छ । जसको अर्थ उनीहरुको फोक्सोको भेन्टिलेशन र ग्यास एक्सचेन्ज कार्य अझै स्वस्थ व्यक्तिहरुको स्तरमा आइसकेको छैन भन्ने हो भनेर उल्लेख छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित उक्त समाचारका अनुसार कोरोनाबाट निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उल्लेख छ भने कोराना बाट संक्रमित भएर निको भइसकेका १ सय बिरामी मध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको अध्ययनले देखाएको छ ।

त्यसैले निको भइसकेका केही बिरामीहरु अस्पतालबाट डिस्चार्ज भए पनि तीन महिनापछि पनि अझै अक्सिजन मेसिनको सहारा लिन बाध्य छन् रहेको उल्लेख छ । र केहि कोरोना बिरामीहरुमा डिप्रेसन को समस्या भएको पनि रिपोर्टमा जनाइएको छ ।

दोङजिमिन अस्पतालका डाक्टर लियाङ तेन्गसियओका अनुसार पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडाएर परीक्षण गरेको थियो जस्मा एक स्वस्थ व्यक्तिले ६ मिनेटमा ५ सय मिटर हिँड्न सक्छन् । तर कोरोनाबाट निको भएकाहरु ६ मिनेटमा ४ सय मिटर मात्रै हिंड्न सकेका थिए ।

चिनको झोङनान अस्पताल र उहान विश्वविद्यालयले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिल यता १ सय जना बिरामीहरुको निरन्तर फलो अप गरिरहेको छ । त्यस्तै अर्को लियाङको टिमले निको भइसकेका ६५ वर्षमाथिका बिरामीहरुको पनि फलो अप गर्दैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal