आज :

कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गयो, मृतकको संख्या ६८ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । गएराति सिरहामा एक युवकको ज्यान गएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवका अनुुसार सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको उपचारको क्रममा धरानमा ज्यान गएको हो । मृर्गौला समस्याबाट पीडित युवकलाई बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । नेपाली सेनाले उनको शव ल्याएर दाह संस्कार गर्ने तयारी गरिरहेको छ ।

यसअघि विहीबार साँझ पाँच जनाको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको थियो । काठमाडौँमा थप दुई जना र पर्सामा दुई गरी चार जनाको ज्यान गएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक रुपमा घोषणा गरेको छैन । विहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६५ जनाको ज्यान गएको बताएका थिए ।

कोरोना समुदायमा संक्रमण भएसँगै पछिल्लो दुई दिनमा मात्र १० जनाको ज्यान गएको छ । यसअघि पर्साको वीरगञ्ज महानगरपालिका–९ माईस्थानका एक पुरूषको कोरोना संक्रमणबाट पाटन अस्पतालमा ज्यान गएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएकोमा बिहीबार दिउँसो ज्यान गएको थियो ।

मुटु रोगी समेत रहेका उनमा स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका उनकी ५५ वर्षीया दिदीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दिदीको अवस्था सामान्य छ ।

त्यसैगरी काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा धनुषाकी एक महिलाको ज्यान गएको छ । मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी दम, होइपोथाइरोडिजम र उच्च रक्तचापका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

त्यसैगरी साउन २० गते राति आफ्नै घरमा निधन भएका वीरगञ्ज–११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै बिहीबार बिहान वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा निधन भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो । उनको बिहान ८ बजे निधन भएको थियो । मधुमेह र मुटु रोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal