आज :

सरोकारवालाहरुको सरकारलाई प्रश्नः गणतन्त्र ल्याउने सहिद र वेपत्तालाई न्याय कहिले

काठमाडौं । सहिद र वे’पत्ता परिवारहरुले बलिदानी गरेर ल्याएको ब्यवस्थामा बस्ने सत्तासिनहरुले उनिहरुलाई न्याय र सम्मान भन्दा पनि अपमान गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । विहिबार प्रेस सेन्टर नेपालले काठमाडौको संवाद डबलीमा आयोजना गरेको ‘गणतन्त्र प्राप्तिका लागि शहीदहरुको भूमिका र राज्यको दायित्व’ विषयक छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।

सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिब, कर्णजीत बुढाथोकी ‘शुसिल’ले दश वर्षे जनयुद्धमा हजारौं हजार सहिद,वेपत्ता तथा घाइतेहरुको बलिदानबाटा स्थापित गणतन्त्रमा बसेर वर्तमान केपी ओली सरकारले उनिहरुकै अपमान गरेको आरोप लगाए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जनक्रान्तिका महान सहिद परिवार समाजका अध्यक्षसमेत रहेका महासबि बुढाथाकीले वर्तमान सरकारले देश र जनताको हितमा भन्दा पनि शक्ति र सत्त टिकाउने अनि त्यसैको आडमा भ्रष्टाचार गर्ने र आसेपासेको लुटको स्वर्ग निमार्णमा लागेको बताए । स’हिद तथा वे’पत्ता परिवार, घाइते, अपाङगता भएकाहरुलाई छुट्टै राहत प्याकेज र सम्मानको ब्यवस्था नभएकोले पनि पुनः अर्को संगठित संघर्ष गर्नुको विकल्प नरहेको बताए ।

 

उनले आफ्नो पार्टीले तत्कालिन ज नयुद्धले स्थापित मूल्य र मान्यतालाई खेर जान नदिने प्रतिबद्धता जनाउँदै, केही दिनमा राज्यको अराजकता, भ्रष्टाचारी, जनतन्त्र, जनजीवीकाको समस्याबारे थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेकोबारेसमेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वास्तविक रुपमा आम नागरिकको आधारभूत समस्या हल हुने, जनन्यायीक व्यवस्था ल्याउने सपना देखेर गरिएको दशबर्ष ज’नयुद्धलाई नेतृत्वको गद्दारीका कारण दलाल संसदवादमा रुपान्तरण हुन पुगेको बताए ।

राज्यद्वारा वे’पत्ता योद्धा परिवार समाजका पूर्व–अध्यक्षसमेत रहेका भण्डारीले वास्तविक गणतन्त्रको लागि गरिएको संघर्षको हत्यागर्दै सत्ताधारीहरुले बहुलवादमा आधारीत लोकतान्त्रीक गणतन्त्रको नामबाट जनतामाथि अन्याय, अत्याचारको पुनरावृत्तिको हकर्त जारी राखेको बताए । उनले वर्तमान व्यवस्थाबाट आम नागरिक आजित भैसकेको भन्दै त्यसका विरुद्ध संगठित संघर्षको अनिवार्यतामा जोड दिए । उनले शहीदको अपमान वर्तमान राज्यव्यवस्थाले गरेको भन्दै अर्को सघर्षको प्रकृयामा फेरी शहीदको कोटा चुक्ता गर्न परिवर्तनकारी योद्धाहरु तयार हुनुपर्ने बताए । उनले वर्तमान राज्यव्यवस्थाले दलाली, भ्रष्टहरुको सेवा गरेको समेत बताए ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य आलोक रायमाझीले सहिद तथा वेपत्ताहरुले गरेको बलिदानी पनि ‘खोलो तर्ने लौरो विर्षने’ न्याय नपाएकोले यस्तो नेपाली राजनीतिमा भएको यस्तो प्रवृत्तिलेवीरुद्ध निर्णायक सं’घर्षमा उत्रनु पर्ने बताए । अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका रायमाझीले सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा शहीदहरुको भूमिका महत्वपूर्ण भएको औल्याउँदै पुन जनअधिकारको पक्षमा सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीले कलमजीवीहरुको कलम जहिले पनि न्याय, सुसाशन र परिवर्तनका लागि चल्ने भन्दै दलाल संसदवाद अहिले सबैको मुख्य समस्या रहेको धारणा राखे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले वर्तमान कोरोनाको महासंकटमा पनि दलाल पुजीपति मिडिया मालिकहरुले हजारौं श्रमजीविहरुलाई कामबाट निकालेर उनिहरुको दैनिक राजीरोटी छुटाएको र त्यसविरुद्ध महसंघले आन्दोलन जारी राखेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य तथा पुर्व जनमुक्ति सेनाका योद्धा, अरुण घिसिङले हिजो गरेको सं घर्ष, दुःखको स्मरण गर्दै आज शहीदहरुको बलिदानीबाट आएको गणतन्त्रमा पनि नागरिकले न्याय पाउन नसकेकोप्रति दुःख ब्यक्त गरे । उनले वर्तमान व्यवस्थाको विकल्पका लागि युवाहरु पुनः जुट्नुपर्ने धारणा राखे ।

 

त्यस्तै उक्त कार्यक्रममा बोल्दै शहीद तथा वे’पत्ता योद्धा परिवार समाजका प्रतिनिधि ज्ञानु खतिवडाले पनि वर्तमान राज्यव्यवस्थाले परिवर्तनको लागि लडेको शक्तिलाई आज अपमानीत गरेको बताए । शहीदहरुको सपनाको वर्तमान सरकारले हत्या गरेको उनले आरोप लगाए ।
उक्त कार्यक्रमा जनयुद्धका योद्धा तथा कलमजिवी पत्रकार दिपेन्द्र रावल, क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष जय दहाल, नेकपा माओवादी केन्द्रका नेताहरु मेघराज खत्री, पाशाङ मोक्तान, प्रकाश दाहाल, प्रकाश दुमीराई, कपिल सिजापति, आर्यन खड्का, लोकेन्द्र थापा लगायतको समेत आथिथ्यता रहेको थियो ।

 

उक्त कार्यत्रममाका प्रमुख अतिथि महासचिव बुढाथोकी, प्रेस सेन्टरका अध्यक्ष लोकराज जैसी लगायतले शहीद परिवार, योद्धाहरुलाई अभिनन्दन समेत गरेका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपालका पत्रकारहरु नेताहरु गोविन्दराज नाथ, अरुणा मानन्धर, शान्ति राई, प्रविन लिम्बु, रेसु राई, सन्दिप शाह लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र विभिन्न संघ, संगठनका नेता, कार्यकर्ताहरु समेत गरी करिब पाँच दर्जन बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले संघर्षमा मुख्य जोड दिएका थिए । कार्यक्रम प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षतामा र बागमती प्रदेशका अध्यक्ष सुमन वाङदेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal